यसकारण गरियो गभर्नर अधिकारीलाई निलम्बन !
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् ।
उनीमाथि विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको आरोप लगाउँदै सरकारले निलम्बन गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा गभर्नर अधिकारीमाथि प्रश्न उठेको थियो । त्यसैलाई आधार बनाएर आज उनलाई निलम्बन गरिएको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नै गभर्नरबारे छानबिन गर्न मन्त्रिपरिषद्मा अर्थमन्त्री जनार्दन शर्मालाई निर्देशन दिएका थिए । अधिकारीले सक्षमतापूर्वक काम गर्न नसकेको आरोप देउवा स्वयम्ले बैठकमा लगाएको एक मन्त्रीले बताए ।
साथै, गभर्नर अधिकारीमाथि छानबिन गर्न छानबिन समितिसमेत गठन भएको थियो । गभर्नरसँग जोडिएको ऐनअनुसार छानबिन समिति बनेपछि गर्भनर स्वतः निलम्बन हुने व्यवस्था छ ।
अधिकारीलाई ०७६ सालमा केपी शर्मा ओली सरकारले गर्भनरमा नियुक्त गरेको थियो ।
पछिल्लो समय गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच पनि खटपट रहेको सुन्नमा आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया