यसकारण गरियो गभर्नर अधिकारीलाई निलम्बन !
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् ।
उनीमाथि विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको आरोप लगाउँदै सरकारले निलम्बन गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा गभर्नर अधिकारीमाथि प्रश्न उठेको थियो । त्यसैलाई आधार बनाएर आज उनलाई निलम्बन गरिएको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नै गभर्नरबारे छानबिन गर्न मन्त्रिपरिषद्मा अर्थमन्त्री जनार्दन शर्मालाई निर्देशन दिएका थिए । अधिकारीले सक्षमतापूर्वक काम गर्न नसकेको आरोप देउवा स्वयम्ले बैठकमा लगाएको एक मन्त्रीले बताए ।
साथै, गभर्नर अधिकारीमाथि छानबिन गर्न छानबिन समितिसमेत गठन भएको थियो । गभर्नरसँग जोडिएको ऐनअनुसार छानबिन समिति बनेपछि गर्भनर स्वतः निलम्बन हुने व्यवस्था छ ।
अधिकारीलाई ०७६ सालमा केपी शर्मा ओली सरकारले गर्भनरमा नियुक्त गरेको थियो ।
पछिल्लो समय गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच पनि खटपट रहेको सुन्नमा आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया