गर्मीसँगै बढ्यो खर्बुजाको व्यापार
गाईघाट । गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ ।
गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् । चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको छ ।
गाईघाट बजार पिलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताए। चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उनले बताए ।
चैतदेखि जेठ महिनासम्म खर्बुजाको राम्रो कारोबार तथा व्यापार हुने गरेको छ । प्रतिकिलो रु ४० देखि ६० सम्ममा खरिद गरेर ल्याई गाईघाटमा न्यूनतम रु ८० देखि एक सय २० किलोसम्ममा बिक्री गर्ने गरेको व्यापारीहरु बताउँछन् । गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयवासीले खर्बुजा खाने गरेका छन् ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू
-
४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग


प्रतिक्रिया