नयाँ मुना पलाएपछि सुरु भयो चियाको पहिलो टिपाइ
मङ्गलबारे । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो ।
यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ । गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको बताइएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको भए पनि माथिल्लो क्षेत्रमा अझै चिया पलाएको छैन । लेकाली क्षेत्रमा अझै मुना नपलाएको किसान ठाकुर खतिवडाले बताए । मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले पनि यो चिया महङ्गो मूल्यमा बिक्ने गरेको छ ।
पहिलो टिपाइलाई ‘फस्ट फसल’ समेत भन्ने गरिन्छ । यसबाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन् । चियाको टिपाइ सुरु भएपछि बगानका मजदुर व्यस्त भएका छन् । चिया कारखानाले पनि चिया प्रशोधनको तयारी थालेका छन् ।
केही कारखानाले यस वर्षको चिया उत्पादन गर्न थालेको बताइएको छ । हिउँदमा खाली रहेका चिया किसानसमेत अब भने व्यस्त हुने भएका छन् । चिया चैतबाट टिपाइ सुरु भएर कात्तिकदेखि उत्पादन बन्द हुन्छ ।
चिसो मौसम सुरु भएसँगै चियाको उत्पादनसमेत बन्द हुने गरेको छ । कात्तिक र मङ्सिर महिनामा चियालाई छाँटकाँट गरिन्छ । फागुन र चैतमा चियालाई गोडमेलसँगै गाई वस्तुको मल पनि लगाइने गरेको छ । चियाको टिपाइ करिब सात दिनको अन्तरमा हुने गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया