NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २८ गते

आठौँ भक्तपुर व्यापार महोत्सव सुरु

भक्तपुर ।  नयाँ वर्ष २०८१ को अवसर परेर भक्तपुरमा आयोजना गरिएको ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ आजदेखि सुरु भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डकोे आयोजनामा सुरु भएको महोत्सवको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गरे । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको एक सय आठ रोपनी क्षेत्रफलमा महोत्सव आयोजना गरिएको शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए।

उपभोक्तालाई एकै स्थानमा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सवको आयोजना गरिएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले महोत्सवले समग्र जिल्लाको विकासमा सहयोग पु¥याउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने बताए । एक सय ५० स्टल रहेको महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य तथा खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, अटोमोबाइल, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामानलगायत स्टल रहेका छन् ।

महोत्सवमा कृषि तथा हस्तकलाका तथा भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धन गर्ने स्टल रहने जानकारी दिँदै अध्यक्ष महतले बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताए ।  आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गरी सेवा प्राप्त गर्ने अनुमान आयोजकले गरेको छ । करिब रु १० देखि १२ करोडको कारोबार हुने अपेक्षा लिएको संस्थाका अध्यक्ष महतले बताए।

फेसन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, ग्रामीण प्रविधि, भक्तपुरको मौलिक उत्पादन तथा अटोमोबाइलको प्रदर्शनीसमेत गरिने महोत्सवका संयोजक दीपक थापाले बताए । वैशाख ३ गते महोत्सवमा नेपालीभाषी भारतीय गायक विपुल क्षेत्रीको लाइभ कन्सर्टको आयोजना गरिएको उनले जानकारी दिए ।

महोत्सवमा एसियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक र हाँस्यव्यङ््यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने थापाले बताए ।

हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिने छ । अन्तिम दिन भक्तपुरका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने उनले बताए। भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत आसपासका जिल्लाका बासिन्दाले महोत्सवबाट लाभ लिन सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष