देश समृद्ध बनाउन माओवादीहरू मिल्नुपर्छ : विप्लव

कैलाली । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सो पार्टीनिकट युवा सङ्गठन नेपालद्वारा शनिबार धनगढीमा आयोजित पाँचौं राष्ट्रिय सम्मेलनमा उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताए ।
“माओवादी मिल्नुपर्छ भन्ने झुपडी–झुपडी र घर–घरको आवाज छ । देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ,” उनले भने ।
उनले समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताए ।
समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उनले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभर्इ आशावादी हुनुपर्ने बताए ।
“जुन देशका युवा निराश हुन्छन् । त्यो देशका जनताले दुःख पाउँछन्,” उनले भने, “हाम्रा देशका युवा निराश हुनुपर्दैन । दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन,” उनले भने, “हामी यहीँ काम गर्न सक्छौँ । तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छ–सात करोड मान्छेलाई खान पुग्छ ।”
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया