मेटल उद्योग आगलागीमा ज्यान गुमाउनेको पहिचान खुल्यो
काठमाडौं । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।
शनिबार बिहान लागेको आगोमा एक व्यक्तिको मृत्यु भए पनि शवको पहिचान खुलेको थिएन । मृतकका परिवार घटनास्थल पुगेर हेरेपछि पहिचान खुलेको हो ।
पहरी सोही कारखानामा कार्यरत थिए ।
आगलागीबाट रु. १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताए । आगलागीबाट सोफा तथा त्यसलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट हुँदा लाखौंको क्षति भएको हो ।
आगलागी विद्युत् चुहिएर भएको खुलेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया