आज कतिले बढ्यो सुनको मूल्य ?

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।
सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ । त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा रु एक हजार सय ८५ निर्धारण भएको जनाएको छ ।
ताजा अपडेट
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
प्रतिक्रिया