गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।
कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा आज दिउँसो १ बजेतिर गैँडाले आक्रमण गर्दा गम्भीर घाइते महतोको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया