सत्ता गठबन्धनको बैठकमा किन छैन राष्ट्रिय जनमोर्चा ?

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकले आजै स्थानीय चुनावको मिति तोक्नसक्ने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित चार दलका शीर्ष नेता सहभागी छन् ।
बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चा (राजमो)का प्रतिनिधि भने छैनन् ।
पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएको बालुवाटारनिकट स्रोत जनाएको छ ।
यद्यपि, पछिल्लो समय एमसिसीलगायत केही विषयमा राजमोभित्र असन्तुष्टि छ । यसर्थ, कतै राजमो गठबन्धनबाट अलग भएको त होइन ? भन्ने प्रश्न भने उठेको छ ।
ताजा अपडेट
-
स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
-
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै, सोमबारसम्म स्थगित
-
प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन टियु क्रिकेट मैदानको अवलोकन
-
प्रतिनिधिसभा बैठक फेरि साढे पाच बजेलाई सर्यो
-
प्रधानमन्त्री ओली भन्छन् : ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो
प्रतिक्रिया