वैशाखका लागि अधिकांश बैंकहरूले घटाएर सार्वजनिक गर्यो ब्याजदर, कुन बैंकको कति ?
काठमाडाैं । भोलिबाट नयाँ वर्ष २०८१ साल सुरू हुँदैछ । वाणिज्य बैंकहरूले नयाँ साल वैशाख महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वैशाख महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटा वाणिज्य बैंकहरूले घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् । चैत्रमा १७ वाणिज्य बैंकले घटाएर ब्याजर सार्वजनिक गरेका थिए । वैशाख महिनामा भने पाँच वाणिज्य बैंकले ब्याजर स्थिर राखेका छन् भने २ वाणिज्य बैंकले बढाएका छन् ।
नबिल बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर स्थिर राखेका छन् । एभरेष्ट बैंक र एनएमबी बैंकले ब्याजदर चैत्र महिनाको तुलनामा बढाएका छन् ।
घटाएर ब्याजदर सार्वजनकि गर्ने बैंकहरूमा प्रभु बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक र एसबीआई बैंक रहेका छन् ।
वैशाख महिनाको लागि व्यक्तिगत मुद्दतिमा एनआईसी एसिया बैंकले ७.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ६.५५ प्रतिशत, ग्लोबल आईएमई बैंक ७ प्रतिशत, माछापुच्छ्रे बैंक ७.२५ प्रतिशत, प्राइम कमर्सियल बैंक ७.१० प्रतिशत, सिटिजन्स बैंक ७.५ प्रतिशत, नेपाल बैंकले ६.७५ प्रतिशत ब्याजर तोकेको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंक ७ प्रतिशत, सिद्धार्थ बैंक ७.२५ प्रतिशत, कुमारी बैंक ७.११ प्रतिशत, सानिमा बैंक ७.१० प्रतिशत र एसबीआई बैंक ६.५३ प्रतिशत ब्याजदर कायम गरेको छ ।
एनएमबी बैंकले व्यक्तिगत निक्षेपमा ७.९७ प्रतिशत ब्याजदर कायम गरेको छ । उक्त एनएमबीले चैत्र महिनाको लागि व्यक्तिगत निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै एभरेष्ट बैंकले चैत्र महिनाको लागि ६.५ प्रतिशत ब्याजदर कायम गरेकोमा वैशाख महिनाको लागि ७ प्रतिशत ब्याजर तोकेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया