एमाले खोटाङको अध्यक्षमा देवविक्रम राईको पल्लाभारी
खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो ।
राईले ३३९ मत प्राप्त गरेर जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले १८७ मत मात्र पाए ।
दिक्तेल रूपाकोट मझुवाढी नगरपालिका–१४, बुइपा निवासी राई सातौं जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका थिए ।
पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
एक उपसचिवका लागि सात जनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भएका छन् । समावेशी उपसचिवमा कविता राई विजयी हुँदा आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिए ।
यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भए । दलित कोटामा चार जनाको प्रतिस्पर्धा भएको थियो । जसमा दलित महिलातर्फ रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भइन् । उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो ।
खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भएका छन् । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन् । पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया