विद्यार्थी भर्ना दर सत प्रतिशत पुर्याउन समुदायकै नेतृत्व आवश्यक छ : शिक्षामन्त्री
काठमाडाैं । नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आजबाट सुरु भएको छ। विद्यार्थी भर्ना अभियान सफल बनाउन सरोकारवाला पक्षहरुसंग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल सुरु गरेको छ।
आइतबार अनलाइन माध्यमबाट भएको छलफलमा शिक्षा मन्त्री, शिक्षा सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, मन्त्रालयका अन्य अधिकारीहरू, गाउँपालिका र नगरपालिका महासङ्घका अध्यक्षहरू, स्थानीय सरकारको शिक्षा शाखाका प्रमुखहरू र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरू उपस्थित थिए ।
छलफलको क्रममा नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियानको लागि शुभकामना व्यक्त गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले तीनै तहको सरकार र समुदायको समेत सक्रिय सहभागिताले मात्रै नयाँ भर्ना र सामुदायिक शिक्षा सुधारको अभियान सफल हुने बताइन् ‘समुदायकै नेतृत्वमा शिक्षक, कर्मचारी, अभिभावक र समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा विद्यार्थी भर्नाको अभियान गरौँ’ मन्त्री श्रेष्ठले भने।
समाजको चेतना स्तर र विकासको गति शिक्षाको गुणस्तरले निर्धारण गर्ने भएकाले समाजमा सकारात्मक योगदान दिन सक्ने करुणा र विनम्रतासहितका अशल नागरिक बनाउने शिक्षा आवश्यक भएको शिक्षामन्त्री श्रेष्ठको धारणा थियो। ‘तथ्याङ्कमा आधारित शिक्षा प्रणाली बनाउनुपर्नेछ। विद्यार्थी भर्नासँगै विद्यालयमा विद्यार्थी टिक्ने आधार पनि बनाउनुपर्छ।’- शिक्षामन्त्री श्रेष्ठले भनिन् ।
यस्तै कार्यक्रममा बोल्दै मन्त्रालयका शिक्षा हेर्ने सचिव सुरेश अधिकारीले विद्यार्थी भर्ना अभियानको अगुवाइ स्थानीय सरकारले नै गर्ने भएकाले मन्त्रालयले सबै किसिमको सहयोग गर्ने धारणा व्यक्त गरे । गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमै पढाउनुपर्ने र त्यसका लागि गाउँपालिका महासङ्घले नेतृत्व लिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरपालिका महासङ्घका अध्यक्ष भीम ढुङ्गानाले बालविकास कक्षामा पाठ्यसामाग्री र शिक्षकहरूको समस्या समाधान गर्नुपर्ने बताउनुभयो। कार्यक्रमको सहजीकरण शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले गरेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया