बलिउड अभिनेत्री सोनम कपुरको घरमा चोरी
नयाँ दिल्ली । बलिउड अभिनेत्री सोनम र उनका पति आनन्द आहुजाको दिल्लीस्थित घरमा करोडौंको चोरी भएको घटना बाहिर आएको छ । यो घटना फेब्रुअरी महिनामा भएको थियो ।
सोनम कपूरका ससुराले तुघलक रोड पुलिस स्टेशनमा चोरीको उजुरी दिएका थिए । हाई प्रोफाइलको घटना भएकाले प्रहरीले हालसम्म समाचार गोप्य राखेको थियो । प्रहरी टिमले अझै अनुसन्धान गर्दैछ, हालसम्म अभियुक्तको कुनै सुराग छैन ।
रिपोर्टका अनुसार सोनम कपूरका ससुरा हरीश आहुजा, सासू प्रिया आहुजा र आनन्द आहुजाकी हजुरआमा सरला आहुजा दिल्लीको अमृता शेरगिल मार्गमा रहेको अपार्टमेन्टमा बस्छन् । यस घरबाट चोरहरूले १ करोड ४१ लाख रुपैयाँ बराबरका गरगहना र नगद चोरेका छन् ।
सोनामकी सासुले तुघलक रोड प्रहरी चौकीमा उजुरी दिएपछि कर्मचारीसँग यस विषयमा सोधपुछ भइरहेको छ । दिल्ली पुलिसले २६ कर्मचारी, ९ केयरटेकर, ड्राइभर, माली र अन्य कर्मचारीहरूलाई सोधपुछ गरिरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया