त्रिविका दुई उपप्राध्यापकलाई स्पष्टीकरण
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शिक्षाशास्त्र केन्द्रीय विभागअन्तर्गतका दुई उपप्राध्यापकलाई स्पष्टीकरण सोधेको छ ।लामो समयसम्म गैरहाजिर रहेपछि उपप्राध्यापकद्वय लक्ष्मीप्रसाद ओझा र जगदीश पौडेललाई त्रिवि रजिष्टारको कार्यालयले स्पष्टीकरण सोधेको हो ।
उपप्राध्यापकद्वय ओझा र पौडेल अध्ययन बिदा समाप्तपश्चात विभागमा हाजिर हुन आउनुपर्नेमा नआएकाले गत चैत २० गतेको निर्णयानुसार १५ दिने स्पष्टीकरण सोधिएको त्रिवि रजिष्टारको कार्यालयले जनाएको छ ।
त्रिविका अनुसार, ओझा ०७५ साउन २० गतेदेखि ०८० साउन २० गतेसम्म र पौडेल ०७६ भदौ १ गतेदेखि ०८० साउन मसान्तसम्म अध्ययन बिदामा बसेका थिए । अध्ययन बिदा सकिएपछि ओझा र पौडेल क्रमशः ०८० साउन २१ र भदौ १ गतेदेखि विभागमा हाजिर हुनुपर्नेमा अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
ओझा र पौडेल हाजिर हुन नआएपछि त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० अनुसार कारबाही प्रक्रिया थालेको त्रिविले जनाएको छ । त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को परिच्छेद ९ को नियम ६५ मा बिदा स्वीकृत नगरी काममा अनुपस्थित हुन नहुने र परिच्छेद १० को नियम ८४(१) (६) मा लगातार ९० दिनसम्म बिना सूचनामा गैरहाजिर रहेमा सेवाबाट हटाउन सकिने प्रावधान छ ।
त्रिविका शिक्षकमा अध्ययन बिदामा जाने र पूरा भएपछि नफर्कंने प्रवृत्ति विद्यमान छ । यसअघि पनि केही शिक्षक अध्ययन बिदाबाट नफर्केपछि त्रिविले कारबाही प्रक्रिया थालेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया