सत्ता गठबन्धन तत्काललाई जोगियो
काठमाडौैं । वर्तमान सत्ता गठबन्धन तत्कालका लागि जोगिएको छ । सुदुरपश्चिम प्रदेशमा आफुलाई मुख्यमन्त्री नदिएको भन्दै नेकपा(एकीकृत समाजवाद)ले विद्रोहको धम्की दिएको थियो ।
एमाले र माओवादी समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएपछि सत्ता गठबन्धन जोगिएको हो । यसअघि गठबन्धनले नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो । त्यसविरुद्ध समाजवादीले सुदुरपश्चिममा नेपाली कांग्रेससँग मिल्ने प्रयास गरेको थियो ।
समाजवादी वर्तमान सत्ता गठबन्धनबाट बाहिरिदा सरकार कमजोर हुने र जुनसुकै बेला पनि ढल्न सक्ने भएकाले उसलाई मुख्यमन्त्री दिन एमाले र माओवादी तयार भएका हुन् ।
समावादीले छाड्दैमा वर्तमान सरकार ढल्दैन तर पछि जसपाले पनि त्यसैगरी सरकारबाट बाहिरिएपछि वैकल्पिक गठबन्धन बन्ने अवस्था छ। सोही कारण प्रचण्ड र केपी ओलीले समाजवादीलाई फकाएका हुन्।
अब एमालेका सांसद दीर्घ सोडारी सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री हुने सम्भावना छ । सोहीअनुसार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दुई दिनको समय थप गरेका छन् ।
अन्य प्रदेशका सरकार समेत समस्यामा पर्ने भएपछि समाजवादीप्रति एमाले र माओवादी लचक भएका हुन् ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया