काठमाडौंका यी क्षेत्रमा आगामी चार दिन हुनेछ दैनिक ६ घण्टा लोडसेडिङ
काठमाडौं । काठमाडौंका केही क्षेत्रमा आगामी चार दिन दैनिक ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) परिवर्तन गर्न लागिएकाले मंगलबारदेखि आगामी शुक्रबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।
विद्युत् आपूर्ति बन्द हुने क्षेत्रमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भ–याङ, ठूलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार रहेका छन् ।
प्राधिकरणले एक सूचना जारी गरी आगामी चार दिन दैनिक ६ घण्टा यी क्षेत्रको विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया