हिल्दुम विद्युत् वितरण केन्द्रले घटायो लोडसेडिङ
हुम्ला । हुम्लाको हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङको समय घटाएको छ ।
पानीको स्रोत बढेपछि लोडसेडिङको समय दैनिक सात घण्टा घटाइएको वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले जानकारी दिए ।
विगतमा पानी अभावका कारण दैनिक १४ देखि १६ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । चैतको अन्तिम सातादेखि हिउँ पग्लिएर पानी बढेपछि विद्युत् उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।
सो केन्द्रले जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् वितरण गर्दै आएको छ । पाँच सय किलोवाट विद्युत् उत्पादन क्षमता रहेको पावर हाउसले पानीको मात्राअनुसार न्यूनतम ९० देखि दुई सय २० किलोवाटसम्म विद्युत् उत्पादन गर्ने गरेको छ ।
अहिले भने दैनिक एक सय ५० किलोवाट विद्युत् उत्पादन हुने गरेको वितरण केन्द्रले जनाएको छ । लोडसेडिङको समय घटाएपछि वितरण केन्द्रको पहुँच क्षेत्रका तीन हजारभन्दा बढी उपभोक्तालाई दैनिक सेवा प्रवाहमा सहज भएको छ ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू
-
४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग


प्रतिक्रिया