तोलामा कति छ सुनको मूल्य ?
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सयले ओरालो लागेको छ ।
सोमबार तोलामा एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले गिरावट भएको छ ।
सोमबार प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया