चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।
चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन् । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ ।
परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरु छन् । परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवं व्यवसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा ३ दशक देखि सक्रिय छन् ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया