प्रधानमन्त्रीबाट हटे इमरान खान
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान विश्वासको मत पाउन असफल भएका छन् । योसँगै उनी प्रधानमन्त्रीबाट पदच्युत भएका छन् ।
तनावबीच शनिबार मध्यराति भएको मतदानमा १७४ सदस्यले मात्र उनको पक्षमा मतदान गरे । पाकिस्तानको राष्ट्रियसभामा ३४२ सांसद छन् ।
पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खान सन् २०१८ मा प्रधानमन्त्री नियुक्त भएका थिए । भ्रष्टाचार उन्मुलन र अर्थतन्त्र प्रवर्द्धनको आश्वासन दिएर सत्तामा पुगेका खान प्रतिपक्षीलाई विश्वासमा लिन नसक्दा असमयमा नै पदमुक्त भएका छन् ।
उनीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस हुँदा सुरुमा पाकिस्तानको संसद्ले असंवैधानिक भन्दै अघि बढाउन इन्कार गरेको थियो । उपसभामुखको यस्तो कदमपछि खानले संसद् भंग गरेका थिए । तर त्यहाँको अदालतले अविश्वासको प्रस्ताव अघि बढाउन फैसला गरेपछि शनिबार त्यसमाथि मतदान भएको हो ।
राष्ट्रियसभाले अविश्वासको प्रस्ताव पारित गरेपछि पिएमएल–एनका अध्यक्ष शाहबाज सरिसफले पाकिस्तान संविधान र कानून पुनस्र्थापनाको पक्षमा रहेको बताए । उनले आफूहरूले कसैको बदला नलिने बरु कानूनले आफ्नो काम गर्ने प्रष्ट पारे ।
पिपिपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक महत्व रहने बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया