सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे
काठमाडौ । सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् ।
आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिए ।
गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसके बताए । सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने गरी काम गर्ने बताएका थिए ।
गृहमन्त्री लामिछानेले सहकारीको समस्या छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेस गरेका थिए । मन्त्रिपरिषद् बैठकले उक्त समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू
-
४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग


प्रतिक्रिया