३७ नेपाली टर्कीमा पक्राउ
काठमाडौं । टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ नेपालीलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार ती सबै नेपाली अवैध रूपमा युरोप छिर्ने योजनामा थिए ।
टर्किस अनलाइन इन सन हाबरका अनुसार पक्राउ परेका नेपालीको साथमा सुटकेस थियो भने मध्यरातमा उनीहरू अवैध रूपमा ग्रिस छिर्ने तयारीमा थिए ।
इस्तानबुलस्थित नेपालीहरूका अनुसार गत सोमबार पक्राउ परेकामध्ये तीन जनालाई कागजपत्रका आधारमा छाडिँदा पनि ३४ जना प्रहरीको नियन्त्रणमा नै छन् ।
टकीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वलकुमार घिसिङका अनुसार एउटा घरको पाँचौ तलामा धेरै नेपाली आवतजावत गरिरहेको खबर पाएपछि प्रहरीले त्यहाँ छापा मापरेको थियो । उक्त घरलाई घटनापछि सिल गरिएको कान्तिपुर दैनिकमा खबर छ ।
अवैध रूपमा टर्कीबाट ग्रिस छिर्ने योजनामा रहेका नेपालीले ४ लाखदेखि साढे ४ लाख रूपैयाँसम्म संगठित मानव तस्करका एजेन्टलाई बुझाएको सूचना रहेको उनले बताए ।
इन सन हाबरले टर्कीमा अवैध आप्रवासीको संख्या बकढिरहेको र ती सबै युरोप छिर्ने उद्देश्यले आएको भन्दै यस घटनालाई पनि त्यसैको एउटा श्रृंखलाको रूपमा अथ्र्याएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया