ललितपुरको एक टहरोमा आगलागी
काठमाडौं । ललितपुरको एक टहरोमा आगलागी भएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित एक टहरोमा आइतबार आगलागी भएको हो । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए ।
उनका अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । किस्ट हस्पिटल नजिकै पर्ने स्थानीय बाफल भन्ने स्थानमा भएको आगलागी नियन्त्रणका लागि दमकलसहित कमेकिलको समेत प्रयोग गरिएको उनको भनाइ छ ।
प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया