तोलामा दुई सयले बढ्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ ।
आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो । महासङ्घका अनुसार तेजावी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो ।
चाँदी मूल्य तोलामा रु एक हजार छ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा रु एक लाख छ सय ४० मा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया