मन्त्रिमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । जनता समाजवादी पार्टी नेपाल फुटेर जनता समाजवादी पार्टी बनेपछि सरकारका मन्त्रीहरु पनि हेरफेर हुन लागेको हो ।
प्रधानमन्त्री समेतको सहयोगमा नयाँ दल बनेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबले सरकार छाड्ने सम्भावना छ । यादब आफैं उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । त्यस्तै, वनमन्त्रीमा यादबकै दलका नवलकिशोर साह र वनराज्यमन्त्रीमा दीपक कार्की छन् । उनीहरु हटेपछि अशोक राई नेतृत्वको नयाँ दलका सांसदहरु मन्त्री बन्ने सम्भावना छ ।
अन्य दलका केही मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर हुने सम्भावना रहेको स्रोत बताउँछ । उपेन्द्र यादबले मंगलबार संसदीय दलको बैठक बोलाएका छन् । सोही बैठकबाट सो दलले सरकारबाट बाहिरिने विषयमा निर्णय लिने बताइएको छ ।
उपेन्द्र यादबले कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउन लागेपछि सरकारकै सहयोगमा दल फुटेको हो । सरकार टिकाउनका लागि दल विभाजनमा प्रधानमन्त्रीले नै सहयोग गरेकाले अशोक राई नेतृत्वको जसपाका सांसदहरु मन्त्री बन्ने पक्का छ । सो दललाई निर्वाचन आयोगले सोमबार मान्यता दिइसकेको छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया