सुहाङ नेम्वाङले आज सांसदको शपथ लिँदै

काठमाडौं । प्रतिनिधिसभाको इलाम क्षेत्र नं. २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
संसद् सचिवालयले बुधबार बिहान ११ बजे सभामुख देवराज घिमिरेले नेम्वाङलाई पद तथा गोपनीयताको शपथ गराउने जनाएको छ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त हुन पुगेको इलाम–२ मा यही वैशाख १५ गते उपनिर्वाचन भएको थियो । जसमा सुहाङ आफ्ना बावुको राजनीतिक विरासत जोगाउँदै फराकिलो मतान्तरका साथ निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया