भारतमा ६० फिट लामो फलामको पुल चोरी
एजेन्सी । भारतको बिहारमा ६० फिट लामो एउटा फलामको पुल चोरी भएको छ । सासाराम जिल्लामा रहेको उक्त पुलको वजन ५०० टनको रहेको बिबिसीले जनाएको छ ।
सन् १९७२ मा गरिएको निर्माण गरिएको उक्त पुल सिंचाइ विभागको रहेको सासारामका प्रहरी उपरीक्षक आशीष भारतीले बताएका छन् । ‘त्यो पुल सिंचाइ विभागको थियो तर उपयोगमा आएको थिएन’, उनले भने ।
प्रहरी उपरीक्षक भारतीका अनुसार चोरी गर्नेहरूले आफूहरू सिंचाइ विभागबाट आएको र पुललाई लिएर जान लागेको बताएका थिए । त्यही भएर गाउँका मानिसले आफूहरूलाई यसबारे सूचना दिएनन् ।
प्रहरीले उजुरी दर्ता गराएर अनुसन्धान थालिसकेको उनले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया