NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २८ गते

बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौँ जिल्ला अदालतबाट २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।

केही दिनअघि नक्सालस्थित बाल संगठनको जग्गा अनियमिातामा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो। बालमन्दिरको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको विषयमा विवाद छ ।