जंगलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध
भरतपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने चितवनको टिकौली जङ्गलमा सवारी साधनलाई तीव्र गति र ओभरटेक गरी सञ्चालन गर्न निषेध गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हिजोदेखि प्रतिघण्टा ४० किलोमिटरभन्दा बढीको गति र ओभरटेक गरी सवारी साधन सञ्चालन गर्न निषेध गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सुरेश सुवेदीले सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको भन्दै न्यूनीकरणका लागि तीव्र गति र ओभरटेक निषेध गरिएको बताए। उनले जङ्गल क्षेत्रमा उक्त नियम लागू भएको भन्दै नियमितरुपमा सवारी चालकलाई सचेतना प्रदानसमेत गरिने जानकारी दिए ।
हिजो ट्राफिक प्रहरीले गोन्द्राङ चेकपोइन्ट नजिक सवारी साधन रोकेर चालकलाई सचेतना प्रदान गरेको थियो । त्यसक्रममा सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियमको बारेमा पर्चा वितरण गरिएको थियो । ट्राफिक प्रहरीले चालकलाई ट्राफिक नियमसम्बन्धी जानकारी गराउनुका सथै तीव्र गतिमा सवारी साधन नचलाउन अनुरोधसमेत गरेको थियो ।
“यो सडकमा तीव्र गति र ओभरटेक गरी सवारी चलाएको कारण दुर्घटना धेरै भएको अध्ययनले देखाएको छ”, प्रहरी निरीक्षक सुवेदीले भने, “दुर्घटना कम गर्न ओभरटेक नगर्न र प्रतिघण्टा ४० किमीभन्दा बढीको गतिमा सवारी नचलाउन हामीले सवारी चालकलाई सचेतना प्रदान गरेका छौँ ।” उनका अनुसार सडक डिभिजनले टिकौली जङ्गलभित्रको राजमार्गमा सेतो सीधा रेखा कोरेको छ । जुन रेखाले ओभरटेक गर्न नहुने सङ्केत गर्छ ।
ट्राफिक प्रहरीले बेला–बेलामा टिकौली जङ्गलमा राडर गनको प्रयोग गरी सवारी साधनको गति मापन गर्दै आएको प्रनि सेवेदीले जानकारी दिए । तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही हुँदै आएको उनले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया