अर्जेन्टिनामा डेंगुविरुद्धको खोप अभियान सञ्चालन

एजेन्सी । अर्जेन्टिनामा यस वर्ष डेंगुका चार लाख २० हजार भन्दा बढी केस भेटिएपछि डेंगु लक्षित खोप अभियान घोषणा गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय खोप आयोग (कोनेन) को सिफारिसको आधारमा र महामारी विरुद्धको व्यापक रणनीतिको एक भागको रूपमा प्रभावित क्षेत्रलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
मन्त्रालयले डेंगु अति प्रभावित जिल्लाहरूमा १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई चरणबद्ध रूपमा खोप अभियानमा समेटिने बताएको छ ।
मे ५ मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अर्जेन्टिनाले यस वर्ष हालसम्म देशका २४ जिल्लामध्ये १९ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका कारण चार लाख २० हजार आठ सय ६७ जनामा डेंगु लागेको र दुई सय ९१ जनाको मृत्यु भएको छ ।
एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग डेंगु भएपछि सामान्यतया टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता हुने जस्ता लक्षण देखा पर्छ ।
ताजा अपडेट
-
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
-
विपक्षीको अडान कायमै : प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
-
धुलिखेल-खावा सडक : पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
प्रतिक्रिया