नयाँ राइड सेयरिङ एप ‘जुमजुम’ सञ्चालनमा

काठमाडौं । नेपाल मोबिलिटी सोलुन्सन्सले “जुमजुम”, नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
नेपाल मोबिलिटी सोलुसन्स अन्तर्गत एक ब्रान्डको रूपमा जुमजुम ग्राहकहरूको सहज र सुबिधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ् प्रस्तुत भएको छ।
नेपाली कम्पनी, F1Soft विज्ञहरुद्वारा समर्थित र टेक्नोलोजी पार्टनर एष्अपःभ द्वारा विकसित एप जुमजुमले यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै यात्रुको आवश्यकता बमोजिम सुविधाप्रदान गर्ने अपेक्षा राखेको छ।
एफ वान ग्रुपका सिइओ सुबास शर्माले एफ वान सफ्टले सधै डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको बताउँदै जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा समावेश गर्ने बताए । जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षाउपायहरूको साथयात्रुहरुको सुरक्षामा महत्वपूर्ण भूमिकानिर्वाह गर्ने अपेक्षा गरिएको छ ।
जुमजुमले पहिलो तीन सवारीहरूमा ७५% छुटसमेट दिने छ । कम्पनीका अनुसार जुमजुमले दुई हप्ताको लागि ०% कमिसन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जती धेरै राइड त्यती कमिसनको योजन ल्याएको छ । यसका साथै चालकहरु दैनिकबोनस दुइहजारसम्म कमाउन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया