कलाकार उज्ज्वल केसीको निधन

काठमाडौं । कलाकार उज्ज्वल केसीको ५४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बेल्जियममा बस्दै आएका उनको शनिबार हृदयघातबाट निधन भएको हो ।
घरमा बसिरहेका केसीलाई शनिबार एक्कासि हृदयघात भएको र अस्पतालसमेत लैजान नपाई मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
विभिन्न चलचित्रमा अभिनय गरेका केसीले म्युजिक भिडियोहरूको पनि निर्देशन गरेका थिए । पूर्व रेडियोकर्मी समेत रहेका उनले नेपाल टेलिभिजनमा दी भोइस नामक कार्यक्रमसमेत सञ्चालन गरेका थिए ।
दुई दशकअघि बेल्जियम पुगेका उनी त्यहाँ पनि कलाकारितामा सक्रिय थिए ।
ताजा अपडेट
-
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’
-
उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
-
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
-
गैंडाले आक्रमण गर्दा घाँस काट्न गएका दराईको ज्यान गयो
-
अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो
प्रतिक्रिया