अब कांग्रेसले गिरिबन्धु टी स्टेटको मुद्दा पनि संसदमा उठाउने

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछाने मुछिएको दाबी गर्दै यसमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै आएको नेपाली कांग्रेसले झापास्थित गिरीबन्धु टी स्टेटको मुद्दालाई पनि संसदको एजेण्डा बनाउने भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले गिरीबन्धुको विषय पनि संसदमा उठाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी कांग्रेसका एक सांसदले सहकारी ठगी प्रकरणको छानबिनसँगै गिरिबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध पनि अब कांग्रेसले संसदमा आवाज उठाउने बताए ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गिरिबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न दिने निर्णय लिएको थियो । यसविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेकोमा सर्वोच्च अदालतले त्यसलाई हालै खारेज गरिदिएको छ ।
यो प्रकरणमा राजनीतिक नेतृत्व मौन देखिएको भनेर आलोचना चुलिरहेका बेला कांग्रेसले यसलाई पनि उठाउने निर्णय लिएको हो ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया