दुई जना सहसचिव सचिवमा बढुवा

काठमाडाैं । सरकारले दुई जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा गरेको हाे ।
त्यस्तै बैठकले नीति अनुसन्धान विकास प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा प्राध्यापक डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
प्रतिक्रिया