सभामुखले पक्षपात गरेको कांग्रेसको आरोप, सहकारीको मुद्दा नछाड्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा पक्षपात गरेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले सभामुखको भूमिकाबारे यस्तो निचोड निकालेको हो ।
बिहीबारको बैठकमा सभामुखले गरेको व्यवहारप्रति कांग्रेसको असन्तुष्टि छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदहरूको विरोधबीच सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समय दिएका थिए । विपक्षीको विरोधबीच बोल्ने समय दिएपछि संसदमा अमर्यादित दृश्य समेत देखिएको थियो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासमा विपक्ष दल उभिँदा मात्रै पनि संसद अवरोध भएको मानिने प्रचलन भए पनि बिहीबारको बैठकमा प्रतिपक्षले बेल घेरेर नारा लगाउँदा समेत सभामुखले संसद्को कामकारबाही अघि बढाएर पक्षधरता देखाएको आरोप लगाए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको देखिएकाले कांग्रेसले यो मुद्दा नछाड्ने पनि उनले स्पष्ट पारे ।
संसदको हिउँदे अधिवेशनको अन्त्यतिरबाट यो मुद्दा उठाएको कांग्रेसले चालु बजेट अधिवेशनको सुरुको दिनदेखि नै संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया