वाग्मती सफाइ महाअभियान ४५५औँ हप्तामा
काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४५५औँ हप्तामा शङ्खमुल पुलमुनिको वाग्मती किनारमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी विभिन्न समूहमा बाँडिएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिइएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । माघको चिसो भए पनि अभियानकर्मी बिहान ७ बजे नै वाग्मती किनारमा भेला भएका थिए ।
सफाइमा अधिकारसप्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, वाग्मती सफाइ अभियानकर्मी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीको पनि सक्रियता थियो ।
विसं २०७० जेठ ५ गतेदेखि हप्तामा दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएपछि चिसो, गर्मी, वर्षात्, भूकम्प, नाकाबन्दी, कोरोना महामारी, चाडबाडलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन ।
वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर यसका सहायक नदीका साथै चचक्रपथका विभिन्न भागमासमेत सफाइ अभियान सुरु भएको छ । हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैबीच आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथको उत्तरी र पश्चिमी भेग, ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ भएको छ ।
मनोहरा सफाइ अभियानको २५४औँ हप्तामा काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटी क्षेत्रको नदी किनारमा सफाइ गरी दुई गाडी फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ७० जना अभियानकर्मी तीन समूहमा विभाजित भएर सहभागी भएको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।
यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया