विपक्षी समर्थकको मोबाइल फुटाइदिएका रोनाल्डोले माफी मागे
काठमाडौ । विपक्षी टोलीका समर्थकको मोबाइल फुटाइदिएका क्रिस्टियानो रोनाल्डोले माफी मागेका छन् ।
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार साँझ रोनाल्डोको टोली म्यानचेस्टर युनाइटेड इभर्टनसँग १–० ले पराजित भएको थियो । यस पराजयले युनाइटेडको अर्को वर्ष च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर बन्यो । यसले गर्दा रोनाल्डो रिसले चुर भए ।
रिसाएका रोनाल्डो खेल मैदानबाट बाहिर निस्किँदै थिए । सोही बेला इभर्टनका १४ वर्षीय एक समर्थकले मोबाइलबाट भिडियो खिच्न खोजे । रिसले चुर भएका रोनाल्डोले ती प्रशंसकको हातमा हान्दा मोबाइल भुइँमा खसेर फुटेको थियो ।

यो विषय अहिले सामाजिक सञ्जालमा भाइरस भइरहेको छ । धेरैले रोनाल्डोको यो व्यवहारको निन्दा गरेका छन् ।
यसैबीच, रोनाल्डोले पनि आफूले गरेको सो व्यवहारप्रति सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।
‘म मेरो यो आक्रोशका लागि माफी चाहन्छु’, उनले इन्स्टाग्राममा लेखेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया