पक्राउ पुर्जी जारी भएपछि सिरोहिया – सहकारी ठगीबारे लेख्न एक इन्च पछि हटिन्न
काठमाडौं । नागरिकता किर्ते अभियोगमा पक्राउ पुर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेर मूल विषयान्तर गरिएको आरोप लगाएका छन् ।
पक्राउ पुर्जी जारी भएलगत्तै एक विज्ञप्ती जारी गरेर उनले सहकारी ठगीबारे कान्तिपुरले लेख्दै आएको समाचार रोकाउन उनका विरुद्ध आफैं उजुरी गर्न लगाएर सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गरिएको बताएका हुन् ।
यी सबबीच सहकारी ठगी र बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने उनको दाबी छ ।
समाचार लेखेकै भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएको उनको आरोप छ । गृहमन्त्री रवि लामिछानेलाई इंकित गर्दै उनले भनेका छन्, ‘दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?’
सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेपछि धनुषा जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनको नागरिकता नम्बर अर्कै व्यक्तिसँग मिल्न गएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया