इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद
इजरायल । इजरायली सेनाले शुक्रबार उत्तरी गाजा पट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन जना बन्धकलाई मृत अवस्थामा भेटेको जनाएको छ ।
बन्धकहरूको शव नियन्त्रणमा लिई परिवारसँगको फोरन्सिक परीक्षण पहिचानपछि नाम सार्वजनिक गरिएको इजरायली सेनाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
मृत अवस्थामा भेटिएका इजरायली बन्धक चानान याब्लोन्का, इजरायली मुलका ब्राजियाली नागरिक मिशेल निसेनबाम र फ्रान्सेली मुलका मेक्सिकोका नागरिक हर्नान्डेज राडोक्स रहेका छन् ।
अक्टोबर सातमा हमास लडाकुहरूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गर्दा ४२ वर्षीय याब्लोन्का र ३२ वर्षीय राडोक्सलाई सङ्गीत महोत्सवबाट अपहरण गरिएको थियो ।
यसैगरी, गाजा नजिकैको इजरायली सहर सेडेरोटका बासिन्दा ५९ वर्षीय निसेनबामसँग हमास आक्रमणको दिन नातिनीलाई लिन सीमामा रहेको सेनाको आधार शिविर जाने क्रममा अन्तिम पटक सम्पर्क भएको थियो ।
बाँकी बन्धकहरूको सुरक्षित रिहाइ गर्न बढ्दो दबाबबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “श्रीमती सारा र म इजरायली जनतासँगै रहेर गहिरो दुःख एवम् समवेदना व्यक्त गर्दछौँ साथै शोकाकुल परिवारजनमा यस कठिन घडीमा सहानुभुति प्रकट गर्दछौ ।”
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया