प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलले खेले बराबरी
काठमाडौं । म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा दुवैले २–२ गोलको बराबरी खेलेका हुन् ।
म्यानचेस्टरका लागि केभिनले पाँचौं मिनेटमा नै पहिलो गोल गरेका थिए । तर १३ औं मिनेटमा नै लिभरपुलका डिओगोले गोल गर्दै खेललाई बराबरीमा फर्काए । ३६ औं मिनेटमा फेरि जिससले म्यानचेस्टर सिटीका लागि अर्को गोल गर्दै अग्रता दिलाएकोमा ४६ औं मिनेटमा लिभरपुलका मानेले फेरि अर्को गोल गरेर बराबरीमा पुर्याए । दोस्रो हाफमा दुवै समूहबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा टुंगियो ।
खेल बराबरी हुँदा सिटीलाई फाइदा पुगेको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया