प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलले खेले बराबरी
काठमाडौं । म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा दुवैले २–२ गोलको बराबरी खेलेका हुन् ।
म्यानचेस्टरका लागि केभिनले पाँचौं मिनेटमा नै पहिलो गोल गरेका थिए । तर १३ औं मिनेटमा नै लिभरपुलका डिओगोले गोल गर्दै खेललाई बराबरीमा फर्काए । ३६ औं मिनेटमा फेरि जिससले म्यानचेस्टर सिटीका लागि अर्को गोल गर्दै अग्रता दिलाएकोमा ४६ औं मिनेटमा लिभरपुलका मानेले फेरि अर्को गोल गरेर बराबरीमा पुर्याए । दोस्रो हाफमा दुवै समूहबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा टुंगियो ।
खेल बराबरी हुँदा सिटीलाई फाइदा पुगेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया