कारले ठक्कर दिँदा तीन पैदलयात्रीको मृत्यु
बाँके । नेपालगञ्जको बिपी चोकनजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।
उनका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पुर्याएका थिए ।
१५ मिनेटपछि नै उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया