त्रिविको जग्गा खोजी र छानविनका लागि पूर्वसचिव त्रितालको नेतृत्वमा समिति गठन
काठमाडौं । त्रिभुवन विश्वबिद्यालयको जग्गा खोजी र छानविनका लागि पूर्वसचिव शारदा प्रसाद त्रितालको नेतृत्वमा समिति गठन भएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ घिमिरे तथा त्रिविका प्राध्यापक डाक्टर प्रेम प्रसाद चापागाई विज्ञ सदस्य छन् । शिक्षा मन्त्रालयका उपसचिव सदस्यसमिति रहने गरी समिति गठन भएको हो । समितिलाई त्रिविको काठमाडौं उपत्यकामा रहेका जग्गा तथा भवनको विषयमा छानविन गरी प्रतिवेदन दिने जिम्मेवारी दिइएको छ । ‘काठमाडौं उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न’ समितिलाई कार्यादेश दिइएको छ ।
पूर्वसचिव त्रिताल नेतृत्वकै समितिले यसअघि बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिनाको छानविन गरेको थियो । सोही छानविन प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले मुद्दा दायर गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया