ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने लामिछानेको निर्णयलाई सर्वोच्चको रोक
काठमाडौं । केही दिनअघि ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रूपमा सडकमा खटाएको विषय सामाजिक सञ्जालमा भाइरल भयो । धेरैले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको यो कदमलाई सकारात्मक मानेका थिए । तर अब नियम उल्लंघन गर्नेहरूलाई त्यसरी सडकमा खटाउन नपाइने भएको छ ।
सर्वोच्च अदालतले यसरी ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकको रुपमा नखटाउन अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेको यो आदेशविरुद्ध शुक्रबार सर्वोच्चमा रिट निवेदन परेको थियो । ट्राफिक नियम उल्लंघन गरेवापत जरिवानामात्रै तिराउन सक्ने कानुनमा उल्लेख भएपनि प्रहरीले शारीरिक दण्ड दिएको रिटमा जनाइएको थियो ।
मन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नुनपर्ने र उनीहरूको साटो नियम उल्लंघन गर्नेहरूलाई सडकमा खटाउने निर्णय गरेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया