ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने लामिछानेको निर्णयलाई सर्वोच्चको रोक

काठमाडौं । केही दिनअघि ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रूपमा सडकमा खटाएको विषय सामाजिक सञ्जालमा भाइरल भयो । धेरैले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको यो कदमलाई सकारात्मक मानेका थिए । तर अब नियम उल्लंघन गर्नेहरूलाई त्यसरी सडकमा खटाउन नपाइने भएको छ ।
सर्वोच्च अदालतले यसरी ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकको रुपमा नखटाउन अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेको यो आदेशविरुद्ध शुक्रबार सर्वोच्चमा रिट निवेदन परेको थियो । ट्राफिक नियम उल्लंघन गरेवापत जरिवानामात्रै तिराउन सक्ने कानुनमा उल्लेख भएपनि प्रहरीले शारीरिक दण्ड दिएको रिटमा जनाइएको थियो ।
मन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नुनपर्ने र उनीहरूको साटो नियम उल्लंघन गर्नेहरूलाई सडकमा खटाउने निर्णय गरेका थिए ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया