प्रधानमन्त्री प्रचण्ड मोदीको शपथमा भारत जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन् ।
शपथ ग्रहण समारोहमा उपस्थितिका लागि मोदीबाट निमन्त्रण आएकाले प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड भारत जाने मिति टुंगो लाग्न भने बाँकी छ ।
भारतको लोकसभाको निर्वाचनको हालै सम्पन्न मतगणनापछि मोदीले बुधबार मात्रै आफ्नो मन्त्रिपरिषद् भंग गरेका छन् । नयाँ गठबन्धनले मोदीलाई सर्वसम्मत नेता चुनेकाले उनी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछन् । शपथ ग्रहण समारोहमा ८ जुनमा राखिएको छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया