सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ ।
बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया