सुनको मूल्य घट्यो, आज कतिमा हुुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु चार हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ ।
शुक्रबार तोलामा रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय २५ निर्धारण भएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया