बलात्कार आरोपी उपसचिवले गरे प्रहरीसँग आत्मसमर्पण
काठमाडौं । बलात्कार आरोपी उपसचिव रूपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत साहले धनुषामा प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका एक प्रहरी अधिकृतले साहले आफूहरूसमक्ष आत्मसमर्पण गरेको बताए ।
गत माघ १८ गते पेडामा नशालु पदार्थ मिसाएर खान दिई एक महिलालाई बलात्कार गरेको आरोप साहमाथि छ । पीडित महिलाले गत वैशाखमा साहमाथि जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लगत्तै उनी फरार भएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया