बलात्कार आरोपी उपसचिवले गरे प्रहरीसँग आत्मसमर्पण
काठमाडौं । बलात्कार आरोपी उपसचिव रूपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत साहले धनुषामा प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका एक प्रहरी अधिकृतले साहले आफूहरूसमक्ष आत्मसमर्पण गरेको बताए ।
गत माघ १८ गते पेडामा नशालु पदार्थ मिसाएर खान दिई एक महिलालाई बलात्कार गरेको आरोप साहमाथि छ । पीडित महिलाले गत वैशाखमा साहमाथि जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लगत्तै उनी फरार भएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया