६ मिनेटमै रोकिएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल युरोपमा पुनः खेलाइने
काठमाडौं । यसअघि रोकिएको फिफा विश्वकप फुटबल छनोटअन्तर्गतको ब्राजिल र अर्जेन्टिनाबीचको खेल युरोपमा हुने निश्चित भएको छ ।
गत सेप्टेम्बरमा ब्राजिलमा ६ मिनेटमै रोकिएको उक्त खेल युरोप महादेशमा हुने निश्चित भएको अर्जेन्टिनी सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त खेल युरोपमा हुने निश्चित भए पनि कुन देशमा हुन्छ भन्ने तय भएको छैन । सम्भवतः जुन महिनामा इंग्ल्याण्डमा हुनेछ ।
गत सेप्टेम्बरमा ब्राजिलमा खेल भइरहँदा त्यहाँका स्वास्थ्य अधिकारीले उक्त खेल रोकेका थिए । चारजना अर्जेन्टिनी खेलाडीले कोरोना नियम नमानेको उनीहरूले आरोप लगाएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया