कति पुग्यो सुनको मूल्य ?
काठमाडौ । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।
आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदी आज प्रतितोला रु एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया