निर्वाचन आयोगले सोध्यो शशांकसँग स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन खर्च विवरणबारे जवाफ माग्ने उद्देश्यले आयोगले स्पष्टीकरण उनलाई स्पष्टीकरण सोधेको हो ।
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले एउटा सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका थिए ।
तर, नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार खर्च भएको विवरण बुझाएको पाइएको छ ।
आयोगले यसैलाई लिएर ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया